नेपित्व, १४ चैत – म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो ।
मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना निकटस्थ व्यक्ति हुनुहुन्छ ।
सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो ।
म्यानमारको युनियन संसदले बुधबार उहाँलाई म्यानमारको राष्ट्रपतिमा निर्वाचित गरेको हो । उहाँले म्यानमारको सभामुख भएर काम गरिसक्नुभएको छ ।
उहाँसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गर्नुभएको थियो ।
म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गर्नुभएको थियो ।
उहाँले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिनुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी