बेइजिङ, चीन, १३ चैत – आणविक हतियार मोहका कारण अमेरिका, दक्षिण कोरियालगायत विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ उन सुटुक्क चीन पुगेको आशङ्का गरी स्थानीय सञ्चारमाध्यमले समाचार सम्प्रेषित गरेका छन् । किम विशेष रेलमार्फत चीन पुगेका विश्वास गरिएको छ ।
यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले आफूलाई नेता किम चीन आएकोबारे मङ्गलबारसम्म सूचना नभएको बताउँदै भन्नुभयो “सूचनालाई सही समयमा सम्प्रेषण गरिने छ ।”
यदि किम चीन पुगेको पुष्टि भएमा पूर्व राष्ट्रपति तथा किमका पिता किम जोङ इलको सन् २०११ मा भएको स्वर्गारोहणपछि सत्ता सम्हालेका नेता किमको यो नै समुद्रपारको पहिलो भ्रमण हुनेछ ।
जापानको क्योदो न्यूज एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली उच्च पदस्थ अधिकारी किम चीनको राजधानी बेइजिङमा सोमबार दिउसो पुगेको बताएको छ । यस्तै जापानको निपोन टेलिभिजनले पनि बेइजिङको रेलस्टेसन नजिकै किम रेलमा यात्रा गरिरहेको दृष्यलाई प्रशारण गरेको छ । किमका पिताले पनि यसैगरी विशेष रेलको प्रयोग गर्दे विदेश भ्रमण गर्ने गर्थे ।
यसैबीच चीन र उत्तर कोरियाको सीमा क्षेत्रमा तथा विगतमा महत्वपूर्ण कोरियाली अधिकारी बस्ने गरेको गेष्ट हाउसमा व्यापक सुरक्षाकर्मीलाई तैनाथ गरिएको खबरहरू प्राप्त भएका छन् ।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पार्न भनिएको खबर छाप्दै भनेको छ, “अधिकारी किम नै भएको पुष्टि नभएपनि उच्च पदस्थ अधिकारी आएको सत्य हो ।”
ऐतिहासिक रूपमा नै उत्तर कोरियाली नेताहरूको चीन भ्रमण सधैं गोप्य रहने गरेको छ । किम जोङ इल पनि चीनको भ्रमण गोप्य रूपमा गर्थे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक हतियारबारे किमसँग शिखर बैठकमा सहभागी हुने बताएपछि कोरियाली प्रायद्वीप अस्थायीरूपमा भएपनि शान्त छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी