ब्रसेल्स, बेल्जियम, १३ चैत – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोल्टेनवर्गले रुसका पूर्व कूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रयासमा रूस नै दोषी रहेको आरोप लगाउँदै यसबारे मङ्गलबार उपयुक्त कदमसहित अघि बढ्ने बताउनुभएको छ ।
रूसका पूर्व कूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उहाँ बेलायतमा रहेका समय रूसमा बन्ने नोभिचोक नामक बिषादी नसाबाट दिइएको यूरोपेली मुलुक तथा अमेरिकाको आशङ्का छ ।
स्क्रिपाल तथा उहाँकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस बिषयमा इयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने स्टोल्टेनवर्गद्वारा हस्ताक्षरित संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।
यसै बिषयमा विश्वका करिब २४ राष्ट्रले करिब १०० जना रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि यूरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएको पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम