
ब्रसेल्स, बेल्जियम, १३ चैत – यूरोपेली यूनियन (इयू) का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् ।
कारोबारको माध्यम यूरो बनाएका इयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन विभिन्न किस्तामध्येको यो पहिलो किस्ता हो ।
यसले ग्रीसलाई यस बर्षभित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटो सहज बनाउने अपेक्षा गरिएको छ ।
यूरो प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्तास्वरूप ५.७ अर्ब यूरो पुरयाउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही बर्षको जनवरीमा सहमति जनाएका थिए ।
बाँकी एक अर्ब यूरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन् ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक