बर्लिन, जर्मनी, ११ चैत – जर्मनी प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति चाल्स पुज्डमोनलाई आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा पक्राउ गरेको छ ।
पुज्डमोनलाई स्थानीय समय अनुसार विहान ११.१९ बज स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जर्मन प्रहरीका प्रवक्ताले एएफ्पीलाई बताउनुभयो । उहाँलाई यूरोपेली पक्राउ पूर्जीका आधारमा जेलमा राखिने छ ।
“पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,” प्रहरी प्रवक्ताले भने ।
पुज्डमोनको दलका प्रवक्ता आन्ना ग्राबालोसाले पनि आफ्ना नेताको डेनमार्कबाट जर्मनी जाने क्रममा जर्मनीको एक राजमार्गबाट पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
ग्रावालोसाले भन्नुभयो, “नेता पुज्डमोनलाई हिरासतमा सकुशल राखिएको छ । अहिले मैले यतिमात्र भन्न सक्छु ।”
स्पेनको क्याटलोनियालाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका पुज्डमोनमाथि स्पेनको केन्द्र सरकारद्वारा ‘राज्यद्रोह’ गरेको आरोपमा पक्राउ पूर्जी जारी गर्दै खोजीको सूचिमा राखिएको थियो ।
उहाँ गत बिहीबारदेखि फिनल्याण्ड भ्रमणमा हुनुहुन्थ्यो । तर फिनल्याण्ड प्रहरीले पक्राउ गर्न नपाउँदै जर्मनीतर्फ जानुभएको थियो ।
पुज्डमोनका वकील जाउमे अलान्सो–केभिलसले जर्मनी हुंदै बेल्जियम फर्किने क्रममा पूर्व क्याटलोनियाली नेतालाई जर्मन प्रहरीले पक्राउ गरेको बताउनुभयो । उहाँ क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आउनुभएको छ ।
बेलायतमा मनायो मंगला बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल