
लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली नयां वर्ष २०७५ भव्यताकासाथ मनाउन तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आगामी १४ अप्रिल सांझ ६ देखि सुरु हुने उक्त कार्यक्रममा नेपाली र ब्रिटिश समुदाय लगायत इन्डियन, पाकिस्तानी,
श्रीलंकन समेतको सहभागिता रहने संस्थाकी प्रवक्ता प्रमिला राईले बताएकी छन् ।
कार्यक्रमका लागि गत फेब्रुअरी ६ देखि स्थानीय नेपाली युवायुवती तथा बालबालिकालाई हरेक सोमबार र बुधबार सांझ ५ देखि ८ बजेसम्म नृत्य एवं गायनको तालिम गराइएको छ । ६ वटा नृत्य सहित यसको दीक्षान्त नयां वर्षकै दिन गरिने र कार्यक्रममा नेपाली तथा अंग्रेजी गीत, थप ३ वटा प्रोफेशनल नृत्य, प्रथम नौमती बाजा गुल्मी यूके र नेपालबाट आएका कलाकारको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष राम धन राईले बताए ।
उक्त नयां वर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय मेयर, मेयरेस, क्याबिनेट लिडर, डेपुटी क्याबिनेट लिडर, आर्मी कर्णेल, प्रहरी, रसमोर फायर एण्ड रेस्क्यू सर्भिसेजका म्यानेजर, रसमोर बरो काउन्सिलका कम्युनिटी डेभलप्मेन्ट म्यानेजर, रसमोर भोलेण्टरी सर्भिसेजका चिफ एक्जुकेटीभ, न्यूनतम १५ जना काउन्सिलर, विभिन्न नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहने कम्युनिटी अध्यक्ष जीव बेल्बासेले जनाए । कार्यक्रमको सफलताका लागि सल्लाहकार र कार्यसमितिले अथक मिहेनत गरेको जनाउंदै अध्यक्ष बेल्वासेले सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
कम्युनिटीले कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसंग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय काउन्सिल, प्रहरी र प्रशासनसंग सुमधुर सम्वन्ध कायम राख्न भएको जनाएको छ ।
कम्युनिटीले गर्ने हरेक कार्यक्रममा स्थानीय काउन्सिलले प्रत्यक्ष सहयोग एवं सहभागिता जनाइ काउन्सिल लिडरबाट नेपाली नयां वर्षलाई आफ्नो क्यालेण्डरमा समावेश गरेबाट विगत वर्षमा भन्दा यो वर्ष फरक समुदायका उल्लेख्य मानिसको सहभागिता रहने विश्वास गरिएको छ ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन