लन्डन । भूपू गोर्खाहरुका माग सम्वोधन गर्ने अभिप्रायले गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्राविधिक समितिले भोलि बिहीबार २२ मार्च मध्यान्ह साढे १२ बजे बेलायती रक्षा मन्त्रालय (एमओडी) मा बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा प्रतिवेदन बुझाउने भएको हो ।
बेलायती मन्त्री मार्क ल्यानकास्टर र लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी समक्ष रक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।
कमिटीका सह-अध्यक्ष डामियन प्याटरसनले राजदूत डा. सुवेदी र लन्डनस्थित दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मन्त्री ल्यानकास्टरलाई प्रतिवेदन बुझाउने छन् । प्रतिवेदनबारे राजदूत र बेलायती मन्त्रीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम समेत रहेको गेसो सभापति कृष्णकुमार राईले बताए ।
Aप्राविधिक समितिले पांचौं चरणको वार्तापछि प्रतिवेदनलाई गत साता अन्तिम रुप दिएको थियो । भूपू गोर्खाहरुले समान पेन्सन, आफ्ना सन्तानलाई बेलायतको आवासीय अधिकार, क्षतिपूर्ति लगायत माग राख्दै आएका छन् ।
प्रतिवेदनले उल्लेखित माग सम्वोधन गरेको भन्दै गेसो सभापति राईले नतिजा सकारात्मक आउनेमा आशावादी रहेको उल्लेख गरे ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी