दुबई, ४ चैत, – यूरोपेली संघ (इयू) बाट बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा बताउनुभएको छ ।
‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिनको छलफल कार्यक्रममा बोल्दै ब्लेयरले भन्नुभयो, “इयूबाट बाहिरिने निर्णयले बेलायतको सानमा पक्कै पनि आँच आएको छ ।”
विश्व भूराजनीतिक परिवर्तन पश्चिमबाट पूर्वतिर आकर्षित बनिरहेका समय ब्रेक्जिटको प्रभावलाई हेर्नु जरुरी भएको भन्दै उहांले थप्नुभयो, “एसियामा आसियन, अफ्रिकामा अफ्रिकी यूनियन, दक्षिण अमेरिकामा मर्कोसर जस्ता शक्तिशाली समूह बनेको बताउदै विश्व एकताको बाटोमा हिँडेका दृष्टान्त दिनुभयो । यो केवल इयूको सवाल मात्र होइन ।”
ब्लेयरले बेलायतको नेतृत्वमा रहेका समय सन् २००३ तिर इयूमा गहिरो राजनीतिक सङ्कट देखिएको थियो । ब्लेयरको नेतृत्वमा बेलायत र अमेरिका मिलेर इराकमा युद्ध शुरु गरेका थिए भने इयूका मुख्य शक्तिराष्ट्र जर्मनी र फ्रान्सले यसको विरोध जनाएका थिए ।
बेलायत ४६ बर्षदेखि इयूको सदस्य रहँदै आएकोमा सन् २०१९ को मार्चसम्ममा यसबाट बाहिरिने छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने