काठमाडौँ, १ चैत – श्रीमती विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हाल्नुभएकामा चीनका राष्ट्रपति सी जिन पिङले बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई आज पठाउनुभएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अति महत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवर्धनका निम्ति आफू तत्पर रहेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि आजै राष्ट्रपति भण्डारीलाई बधाई सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?