काठमाडौं -युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनबाट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । जिम्बाबेको हरारे मैदानमा बिहीबार भएको आइसीसी एकदिवसीय छनोटको प्लेअफमा पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १ सय ६२ बल अगावै ४ विकेटको क्षतिमा पूरा गरयो ।
नेपालले टस जितेपछि पिएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल बलरहरु हाबी भएपछि पिएनजी २७.२ ओभरमा अलआउट हुँदै १ सय १४ रन जोड्यो । जसलाई जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ आभेरमा २ विकेट गुमाउँदै पूरा गरयो । २३ आभेरको अन्तिम बलमा ६ रन आवश्यक रहेको अवस्थामा दीपेन्द्रले विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । नटआउट अर्धशतक प्रहार गरेको दीपेन्द्रले ५८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरे ।
उनले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । जसले नेपाललाई विजयी लक्ष्य पछ्याउन सहज बाटो बनायो । आरिफ शेखले २६ रन जोडे । ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरे ।
कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २० रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरेका थिए । आज पनि नेपालको ओपनिङ भने राम्रो रहन सकेन । ज्ञानेन्द्र मल्ल १ तथा आकाश साह ९ रन पवेलियन फर्के । नटआउट रहेका रोहितकुमार पौडेलले ३ रन बनाए ।
जिम्बाबेका नोरमन भनुवाले २ विकेट लिए भने एली नाव र जोन रेभाको नाममा एक एक विकेट रहयो ।
यसअघि पहिले ब्याटिङ गरेको पिएनजीका कुनै पनि ब्याटसम्यानले राम्रो स्कोर बनाउन सकेनन् । उसका लागि चाल्र्स अमिनीले १९, जे सन किलाले १५ रन जोडे । यस्तै, सेसे बाउले ११ तथा टोनी उराले ११ रन जोडे भने किपलिप डोरिगा, असद भाला, चाड सोपरले १०-१० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोडन सकेनन् ।
पिएनजीको ब्याटिङ लाइनअप धरासायी पार्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । यस्तै, सोमपाल कामी र करण केसीले १-१ विकेट बाँडे ।
पिएनजीमाथिको जितसँगै नेपाल आइसीसीको एकदिवसीय मान्यताको नजिक पुगेको छ । अब नेदरल्याण्डस र हङकङबीच जारी रहेको खेलमा नेदरल्याण्ड विजयी भए नेपालले अर्को खेल नखेल्दै एकदिवसीय मान्यता पाउने छ ।
यदि हङकङ विजयी भएमा नेपाल र हङकङबीच हुने अर्को खेलमा विजयी हुने टोलीले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने