
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथपछि उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिनुहुँदै । तस्बिर- प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३० फागुन – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।
विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्यअनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त अगाध स्नेह तथा कार्य सम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम सञ्चारजगत्बाट प्राप्त स्वतःस्फूर्त सहयोग र सद्भावका लागि धन्यवाद दिनुभयो ।
राष्ट्रपति भण्डारीले आजै राष्ट्रपतिका रुपमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयतको शपथ लिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने