बर्लिन, ३० फागुन – जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौंथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।
संसदको स्पष्ट बहुमत उहाँलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएको तल्लो सदनका सभामुखले घोषणा गर्नुभएको थियो ।
मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्रयाटिक पार्टी (एसपीडी) ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ ।
निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेट्नु भएको छ भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।
यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित हुनु भएकोमा एन्जेला मर्केललाई बधाई दिनुभएको छ । उहाँले बुधबार पठाएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी