लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेशन नजिक आइरहंदा यो पटक सदस्यता लिन इच्छुकको पृष्ठभूमि बडो रोचक देखियो ।
कार्यसमितिकै जिम्मेवार पदाधिकारीले चुनावी प्रयोजनका लागि सदस्यता लिन उक्साएकाहरुमा रेष्टुरेन्ट व्यवसायी, ग्रोसरी स्टोर सञ्चालक, राजनीतिक भ्रातृ संगठनका कार्यकर्ता, कलाकार, इभेन्ट फोटोग्राफर, जातीय संगठनका पदाधिकारी, कवि कवयत्री र पत्रकारका ‘गर्लफ्रेण्ड’ सम्म भेटिए । केही आवेदन त पत्रकारिता के हो सम्म नबुझेका सामाजिक संस्थाका पदाधिकारीको समेत समावेश थियो ।
शाखाको आइतबार भएको बैठकमा सार्वजनिक फाराम अनुसार, रेष्टुरेन्ट सञ्चालकहरु मनिषकुमार श्रेष्ठ, जीवन सेन, सुशिल प्रजापति, अनिल मल्ल, देव गुरुङ, ग्रोसरी चलाउने एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले शाखाको सदस्य बन्न आवेदन भरेका थिए । नाटक खेल्ने र नृत्य गर्ने विकेशराज बस्नेत अनि फाट्टफुट्ट फिल्म र भिडियो खेल्ने नायिका रोमियन लिम्बु पनि आवेदकमा भेटिइन् ।
वरिष्ठ पत्रकार भन्नेकै समाचार अपुग
आफूलाई बेलायतको स्थापित पत्रकार बताउनेहरुले शाखाले मागेको ‘बाइलाइन’ भएका तीनवटा समाचार समेत पेश गर्न सकेनन् ।
आफूलाई प्रेस युनियन बेलायत शाखाको अध्यक्ष बताउने विपिन निरौलाकै आवश्यक पर्ने तीनवटा समाचार संलग्न थिएन । तर, असक्षमताका कारण केन्द्रले प्रेस युनियन शाखा भंग गरिसकेको छ । प्रेस युनियन भंगपछि नेपाल पत्रकार महासंघ छिर्न लालयित अन्य कतिपयको बिना समाचार आवेदन परेको थियो । त्यो लटमा ग्राफिक डिजाइनर, कलाकार, कन्सल्टेन्सी चलाउने एनआरएनए यूके पदाधिकारीसम्म थिए ।
रोचक त, कतिपयले शीर्षक नेपाली, अंग्रेजी टेक्स्ट समेत राखेर आवेदन दिएका थिए । बेलायत बसेका कतिले त दक्षिण कोरिया र काठमाडौंमा एलएलसी शुरु सम्मको समाचार हालेका थिए ।
पत्रकारको सदस्यता लिएपछि आफ्नो पक्षका उम्मेदवारलाई चुनावमा मत हाल्न पाइने र कार्यक्रम हुंदा सित्तैमा अतिथी बनिने लोभले सदस्यता लिएको हुन सक्ने आंकलन केहीको छ ।
तर, शाखाले त्यस्ता आवेदन अस्वीकृत गरेको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा