लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेशन नजिक आइरहंदा यो पटक सदस्यता लिन इच्छुकको पृष्ठभूमि बडो रोचक देखियो ।
कार्यसमितिकै जिम्मेवार पदाधिकारीले चुनावी प्रयोजनका लागि सदस्यता लिन उक्साएकाहरुमा रेष्टुरेन्ट व्यवसायी, ग्रोसरी स्टोर सञ्चालक, राजनीतिक भ्रातृ संगठनका कार्यकर्ता, कलाकार, इभेन्ट फोटोग्राफर, जातीय संगठनका पदाधिकारी, कवि कवयत्री र पत्रकारका ‘गर्लफ्रेण्ड’ सम्म भेटिए । केही आवेदन त पत्रकारिता के हो सम्म नबुझेका सामाजिक संस्थाका पदाधिकारीको समेत समावेश थियो ।
शाखाको आइतबार भएको बैठकमा सार्वजनिक फाराम अनुसार, रेष्टुरेन्ट सञ्चालकहरु मनिषकुमार श्रेष्ठ, जीवन सेन, सुशिल प्रजापति, अनिल मल्ल, देव गुरुङ, ग्रोसरी चलाउने एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले शाखाको सदस्य बन्न आवेदन भरेका थिए । नाटक खेल्ने र नृत्य गर्ने विकेशराज बस्नेत अनि फाट्टफुट्ट फिल्म र भिडियो खेल्ने नायिका रोमियन लिम्बु पनि आवेदकमा भेटिइन् ।
वरिष्ठ पत्रकार भन्नेकै समाचार अपुग
आफूलाई बेलायतको स्थापित पत्रकार बताउनेहरुले शाखाले मागेको ‘बाइलाइन’ भएका तीनवटा समाचार समेत पेश गर्न सकेनन् ।
आफूलाई प्रेस युनियन बेलायत शाखाको अध्यक्ष बताउने विपिन निरौलाकै आवश्यक पर्ने तीनवटा समाचार संलग्न थिएन । तर, असक्षमताका कारण केन्द्रले प्रेस युनियन शाखा भंग गरिसकेको छ । प्रेस युनियन भंगपछि नेपाल पत्रकार महासंघ छिर्न लालयित अन्य कतिपयको बिना समाचार आवेदन परेको थियो । त्यो लटमा ग्राफिक डिजाइनर, कलाकार, कन्सल्टेन्सी चलाउने एनआरएनए यूके पदाधिकारीसम्म थिए ।
रोचक त, कतिपयले शीर्षक नेपाली, अंग्रेजी टेक्स्ट समेत राखेर आवेदन दिएका थिए । बेलायत बसेका कतिले त दक्षिण कोरिया र काठमाडौंमा एलएलसी शुरु सम्मको समाचार हालेका थिए ।
पत्रकारको सदस्यता लिएपछि आफ्नो पक्षका उम्मेदवारलाई चुनावमा मत हाल्न पाइने र कार्यक्रम हुंदा सित्तैमा अतिथी बनिने लोभले सदस्यता लिएको हुन सक्ने आंकलन केहीको छ ।
तर, शाखाले त्यस्ता आवेदन अस्वीकृत गरेको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा