काठमाडौं-जिम्बाबेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित निकालेको छ । सोमबार जिम्बाबेको बुलावायो मैदानमा भएको समूह बीको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेपछि एकदिवसीय मान्यता पाउने बाटो खुलेको हो ।
यसअघिका समूह चरणका तीन वटै खेलमा पराजित नेपालका लागि एकदिवसीय मान्यता पाउने बाटो जीवितै राख्न हङकङमाथिको जित अनिवार्य नै थियो । नेपालको जितमा अफगानिस्तान भने भाग्यशाली हुँदै सुपर सिक्समा पुगेको छ ।
टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा अलआउट हुँदै १ सय ५३ रन जोडेको थियो । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमै ५ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो ।
नेपालका लागि म्यान अफ द म्याच बनेको मध्यक्रमका युवा ब्याटसम्यान रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन जोडे । नेपालको विजयका लागि सोमपाल कामीसँग ८९ रनको ठोस साझेदारी गरेका उनले ८६ बल खेल्दै ५ चौका प्रहार गरे । यस्तै, ४० बल खेलेका सोमपाल कामीले ५ चौका मद्धतमा ३७ रन जोडे ।
यस्तै, आकाश साहले २६, ज्ञानेन्द्र मल्ल १२, दीपेन्द्रसिंह ऐरी १२ रन जोडे । कप्तान पारस खड्काले ११ रन जोडे भने आरिफ शेख २ रनमा आउट भए । हङकङका बलर अजिज खान र इशान खानले दुई दुई विकेट लिए । यस्तै, तनवीर अफलजको नाममा एक विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि निजकात खानले सर्वाधिक ४७ रन जोडे । ८४ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै, बाबर हायातले २० रन जोडे भने इशान खानले २१ रन बनाए । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै, करण केसी र बसन्त रेग्मीले दुई दुई विकेट हात पारे । सोमपाल कामी र ललित राजबंशीका नाममा एक एक विकेट रह्यो ।
अब नेपालले एकदिवसीय मान्यता पाउन प्लेअफ खेल्नुपर्ने भएको छ । समान अंक भएपछि अफगानिस्तान राम्रो रनरेटका कारण तेस्रो स्थानमा रहँदै सुपरसिक्समा पुगेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा