द हेग, नेदरल्याण्ड, २६ फागुन – अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ ।
उहाँले उक्त वार्तालाई मध्यस्थता गर्ने अनुभवी कुटनीतिज्ञ चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताउनुभयो ।
पूर्व विदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भन्नुभयो, “यदि तपाई किम जोङ अनसँग आणविक हतियारका बिषयमा वार्ता गर्न चाहने हो भने अनुभवी कुटनीतिज्ञको खाँचो छ ।”
‘वार्तामा सहभागी हुने उत्तर कोरियाली सदस्य विश्वको कानून तथा राजनीतिका ज्ञाता हुनेछन् तर कुन अमेरिकीले उनीहरूको भाषा बुझ्न सक्छ’, उहाँले भन्नुभयो ।
क्लिन्टनले भन्नुभयो, “अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली बिषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ । किनकि धेरै अनुभवी कुटनीतिज्ञले विभाग छोडिसकेका छन् ।”
उहाँले थप्नुभयो, “कुटनीतिज्ञविना वार्तामा निखार ल्याउन सम्भव छैन । यो खतरालाई ट्रम्प सरकारले बुझे जस्तो मलाई लाग्दैन ।”
क्लिन्टनको भनाई संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले भनेजस्तै उत्तर कोरियासँग वार्ता गर्ने कुरा टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो नभएको भन्ने प्रतिक्रियासँग मिल्ने गरी आएको छ ।
‘यो वास्तविक मौका हो । मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहिनता देखेर दुःख लागेको छ’, रिचार्डसनले यसै सन्दर्भमा गत शुक्रबार एएफपीसँग बताउनुभयो ।
रिचार्डसनले भन्नुभयो, “तर यो ‘तालिम लिने’ वा ‘प्रत्यक्ष टेलिभिजन कार्यक्रम’ होइन । यो एक तरङ्गी नेता, जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ, सँग गरिने वार्ता हो ।”
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती