वासिङ्टन, अमेरिका, २५ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छ ।
उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातारका परीक्षणका कारण प्योङयाङसँग वासिङ्टन लगायतका विश्व समुदाय रुष्ट बनिरहेका समय भेटका लागि दुई देशका नेता सकारात्मक बनेकोमा यूरोपेली संघ, रसिया तथा विश्व समुदायले खुशी व्यक्त गरेका छन् ।
ह्वाइट हाउसको अगाडी उभिएरै दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यूई योङले शुक्रबार अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच आगामी मे महिनामा भेट हुन लागेको सार्वजनिक गर्नुभएको थियो ।
यूरोपेली संघले अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच भेटका लागि शिखर सम्मेलन हुने भन्ने अप्रत्यासित घोषणालाई ‘सकारात्मक प्रगति’ भनी प्रतिक्रिया दिएको छ । ‘हामीलाई विश्वास छ कि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको निमन्त्रणामा आगामी मे महिना पहिले नै सम्मेलन गर्ने बिषयलाई स्वीकार्न तयार हुनु भनेको सकारात्मक प्रगति हो’- संघका प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँग बताउनुभयो ।
जर्मन चान्सलर एङ्गेला मर्केलले पनि सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविक होडबाट मुक्ति दिलाउने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी रसियाली विदेश मन्त्री सर्गेइ लाभ्रोभले पनि शुक्रबार अफ्रिकी संघका अध्यक्ष माउसा फाकी महमतसँग इथियोपियाको राजधानी अदिस आबाबामा भएको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो- ‘भेट समस्या समाधानका लागि हुने कामको एक कदम सही दिशा हो ।’
‘कोरियाली प्रायद्वीपमा रहेको तनावको अवस्थालाई सामान्यीकरण गर्न पक्कैपनि दुई नेताबीचको भेट आवश्यक थियो’- उहाँले थप्नुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी