वासिङ्टन, अमेरिका, २५ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छ ।
उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातारका परीक्षणका कारण प्योङयाङसँग वासिङ्टन लगायतका विश्व समुदाय रुष्ट बनिरहेका समय भेटका लागि दुई देशका नेता सकारात्मक बनेकोमा यूरोपेली संघ, रसिया तथा विश्व समुदायले खुशी व्यक्त गरेका छन् ।
ह्वाइट हाउसको अगाडी उभिएरै दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यूई योङले शुक्रबार अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच आगामी मे महिनामा भेट हुन लागेको सार्वजनिक गर्नुभएको थियो ।
यूरोपेली संघले अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच भेटका लागि शिखर सम्मेलन हुने भन्ने अप्रत्यासित घोषणालाई ‘सकारात्मक प्रगति’ भनी प्रतिक्रिया दिएको छ । ‘हामीलाई विश्वास छ कि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको निमन्त्रणामा आगामी मे महिना पहिले नै सम्मेलन गर्ने बिषयलाई स्वीकार्न तयार हुनु भनेको सकारात्मक प्रगति हो’- संघका प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँग बताउनुभयो ।
जर्मन चान्सलर एङ्गेला मर्केलले पनि सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविक होडबाट मुक्ति दिलाउने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी रसियाली विदेश मन्त्री सर्गेइ लाभ्रोभले पनि शुक्रबार अफ्रिकी संघका अध्यक्ष माउसा फाकी महमतसँग इथियोपियाको राजधानी अदिस आबाबामा भएको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो- ‘भेट समस्या समाधानका लागि हुने कामको एक कदम सही दिशा हो ।’
‘कोरियाली प्रायद्वीपमा रहेको तनावको अवस्थालाई सामान्यीकरण गर्न पक्कैपनि दुई नेताबीचको भेट आवश्यक थियो’- उहाँले थप्नुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी