दमासकस, २४ फागुन – हिंसा जारी रहेको सिरियाको पूर्वीसहर गुटामा बिहीबार गर्ने भनिएको मानवीय सहायता कार्यक्रम हिंसाकै कारण रोकिएको छ ।
गुटामा जारी द्वन्द्वका कारण त्यहाँ पुग्न नसकिने भएको हुनाले सो कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको इन्टरनेसनल कमिटी (आइसीआरसी) ले जानकारी दिएको छ ।
यस्तो अवस्थामा मानवीय सहयोगको यो कार्य अघि बढाउन नसकिने भएको हुनाले स्थगित गरिएको आइसीआरसीका प्रवक्ता इन्गी सेदकीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
गत सोमबार पनि सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउनु परेको थियो ।
सो क्षेत्रमा केही हप्तादेखि हिंसा जारी रहेका कारण मानवीय सहायताको लागि सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा मात्र वितरण गर्न पाएका थिए ।
हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको थियो । सिरियाको गुटामा अझै पनि सिरियाली सैनिकको हवाई हमला रोकिएको छैन ।
गएका दुई हप्तायता गुटा सहरमा जारी रहेको द्वन्द्वको कारण सहायताकर्मी पनि पुग्न सकेका छैनन् । युद्धको चेपुवामा करिब चार लाख मानिस परेका छन् र ती पनि खानेकुरा नपाएर मरिरहेका बताइएको छ ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो ।
गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअनुसार गएको दुई सातायतामात्र उक्त क्षेत्रमा ७६० जना सर्वसाधारण मारिएका बताइएको छ ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा गुटामा भएको यो हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी