बुनिआ, लोकतान्त्रिक गणतन्त्र कंगो, १८ फागुन – लोकतान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को माजेमा बिहीबार देखि शुक्रबारसम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीच इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन् ।
श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका छन् । उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए ।
घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले सिन्ह्वालाई जानकारी दिनुभयो ।
‘आक्रमणमा परी मारिएकाहरूको शव अहिले सम्म पनि माजेको घटनास्थलमै छ, अन्त्येष्टि गर्नु अघि केन्द्रीय सरकारका मानवीयता सम्वन्धी मन्त्रीले घटनास्थलमै गएर शवहरु अवलोकन गर्नुहुने छ भन्ने हामीले चाहेका छौं’- इतुरी नागरिक समाजका अध्यक्ष जेअन बोस्को लालोले भन्नुभयो ।
दुई महिना अगाडी देखि भएको हेमा र लेन्डु दुई जातबीचको भिडन्तका क्रममा यसअघि एक सय भन्दा बढीको मृत्यु भएको छ । सदरमुकाम तय सम्बन्धी विवादका कारण उनीहरूबीच भिडन्त हुदै आएको छ ।
बेला बेलामा भइरहने भिडन्तमा परी हजारौ घर जलाइएका छन् भने ६० हजार भन्दा बढी स्थानीय बासिन्दा बुनिआतर्फ विस्थापित भएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी