बुनिआ, लोकतान्त्रिक गणतन्त्र कंगो, १८ फागुन – लोकतान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को माजेमा बिहीबार देखि शुक्रबारसम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीच इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन् ।
श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका छन् । उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए ।
घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले सिन्ह्वालाई जानकारी दिनुभयो ।
‘आक्रमणमा परी मारिएकाहरूको शव अहिले सम्म पनि माजेको घटनास्थलमै छ, अन्त्येष्टि गर्नु अघि केन्द्रीय सरकारका मानवीयता सम्वन्धी मन्त्रीले घटनास्थलमै गएर शवहरु अवलोकन गर्नुहुने छ भन्ने हामीले चाहेका छौं’- इतुरी नागरिक समाजका अध्यक्ष जेअन बोस्को लालोले भन्नुभयो ।
दुई महिना अगाडी देखि भएको हेमा र लेन्डु दुई जातबीचको भिडन्तका क्रममा यसअघि एक सय भन्दा बढीको मृत्यु भएको छ । सदरमुकाम तय सम्बन्धी विवादका कारण उनीहरूबीच भिडन्त हुदै आएको छ ।
बेला बेलामा भइरहने भिडन्तमा परी हजारौ घर जलाइएका छन् भने ६० हजार भन्दा बढी स्थानीय बासिन्दा बुनिआतर्फ विस्थापित भएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी