जेनेभा, स्वीट्जरल्याण्ड, १६ फागुन – सिरियाको गुटामा हालै सिरियाली सेनाको नेतृत्वमा भएको आक्रमणमा रासायनिक अर्थात मानवीय स्वास्थ्यमा समेत असर पार्ने खालका हतियार प्रयोग भएको आशंका संयुक्त राष्ट्रसंघले गरेको छ ।
यसअघि पनि सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रासायनिक हतियार प्रयोग गरेको पाइएको भन्ने विभिन्न क्षेत्रबाट गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।
राष्ट्रसंघीय युद्ध अपराध अनुसन्धान अधिकारीले मङ्गलबार बताएअनुसार, गुटामा भएको व्यापक नरसंहारमा पनि यस्ता खालका हतियारहरू प्रयोग गरिएको हुनसक्छ ।
सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, ‘हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै विवरण पाएका छौँ । यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ ।’
क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी गुटामा प्रयोग भएको विवरण आएपछि छानबिन शुरु गरेको राष्ट्रसंघको भनाई छ ।
‘यस विषयमा हामीले छिट्टै नै सत्यतथ्य बाहिर ल्याउने छौँ’- ती अधिकारीले भनेका छन् । सो नगरमा पछिल्लो हप्तामात्र भएको यस्तो हिंसात्मक हमलाका कारण सयौँ सर्वसाधारणको ज्यान गएको छ ।
युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह
संयुक्त राष्ट्रसंघ, १६ फागुन – यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको समाचार छ ।
उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन । उनीलाई आवश्यक मानवीय सहायता पुरयाउन पनि सकिएको छैन ।
दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो ।
सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिनमात्र अघि आग्रह गर्नु भएको थियो ।
महासचिव गुथ्रेसले युद्धले यहाँका नागरिकलाई आक्रान्त बनाएकोले यो अवस्थाको अन्त्यगरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गर्नुभएको थियो । तर, राष्ट्रसंघको यो प्रस्ताव बमोजिम यहाँ युद्धविरामको लागि तयारी भने भएको छैन । बरु मङ्गलबारदेखि यहाँका विद्रोहीहरुमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाई आएको छ ।
विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उहाँको यस्तो टिप्पणी आएको हो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी