जेनेभा, १४ फागुन – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो । ‘उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर्थ हुन्छ’- गुथ्रेसले वक्तव्यमा भन्नुभएको छ ।
राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३७ औ बैठकको उद्घाटन समारोहमा महासचिव गुथ्रेसले भन्नुभयो, ‘पृथ्वीमा यो नरक जस्तो बनाउने कार्य अहिले तत्काल रोक्नु अत्यावश्यक छ, गुटाले यसका लागि थप प्रतिक्षा गर्न सक्दैन ।’
‘त्यो शान्ति प्रस्ताव तत्काल कार्यान्वयन हुन्छ भन्ने मैले अपेक्षा गरेको छु, प्रभावित क्षेत्रमा मानवीय सहायता अत्यावश्यक छ, विरामी र घाइतेहरुलाई उद्धार गरी सहयोग गर्नु पर्दछ’- उहाँले थप्नुभयो ।
उहाँले मानवीयता, मानवअधिकारसम्बन्धी कानून र आम नागरिकको रक्षा गर्न र आफ्नो प्रतिवद्धता र दायित्व नभुल्न सवै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
प्रस्ताव २४०१ लाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत शनिबार सर्वसम्मत रूपमा पारित गरेको थियो ।
झण्डै दुई हप्तासम्मको वार्ता प्रयासपछि परिषद्ले तीस दिने युद्धविराम गर्न आग्रह सहितको प्रस्ताव पारित गरेको हो । मुख्य गरेर सिरियाको गुटामा अहिले हिंसाका घटना धेरै भएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी