सोल, ११ फागुन – उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता वार्ता हुने भएको छ । यी दुई देशका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ ।
उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको बताइएको छ ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ । उक्त मन्त्रालयका अनुसार सो वार्ता आगामी मङ्गलबारका लागि तय गरिएको छ ।
सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा आजैमात्र सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो ।
उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्गलबार अर्थात् फेब्रुअरी २८ मा विहान १० बजेबाट सुरु हुने भएको बताइएको हो ।
सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ ।
यस वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउने छ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउने छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?