संयुक्त राष्ट्रसंघ, १० फागुन (रासस-सिन्ह्वा) – संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्को विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उहाँले बताउनुभयो ।
पूर्व महासचिव मुनले भन्नुभयो– ‘राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।’
उहाँले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताउनुभएको हो । उहाँले विश्वमा शान्ति स्थापना र शान्ति कायम गर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिनुभएको थियो ।
वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उहाँले भन्नुभयो– ‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।’
उहाँले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पुरयाइरहेको धारणा पनि सो अवसरमा राख्नुभएको थियो ।
यस कार्यका लागि उहाँले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिनुभयो । गरिबी निवारण, शिक्षा र स्वास्थ्यको पहूँचजस्ता विषय र क्षेत्रहरुमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना नरहेको पनि उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तस्रो बैठक हो । महासचिव मुनले सो बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीहरुका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राख्नुभएको थियो ।
दोस्रो विश्वयुद्ध पछि विश्वमा शान्ति स्थापनागर्ने र सम्भावित अर्को विश्वयुद्धको अवस्थालाई रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो ।
त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघको विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरुप काम भने हुन नसकेको विश्वमा चर्चा गर्ने गरिन्छ ।
विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफगानिस्तान, इराकलगायतका विश्वका कतिपय देशहरुमा लाखौँ लाख नागरिक मारिएका छन् । यस्तो कार्यमा पनि विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज सर्वत्र उठ्ने गरेको पाइन्छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह