
२० फेब्रुअरीमा लिइएको यस तस्विरमा सिरियाली सरकार समर्थक लडाकुहरु सिरियाको उत्तरी क्षेत्र अफ्रिन आउंदै । तस्विर- एएफपी
आर्बिन, सिरिया ९ फागुन – दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ ।
विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकामा विद्रोहीलक्षित मङ्गलबार गरिएको सो हवाई कारबाहीमा १९ बालबालिकासहित कम्तीमा १०६ सर्वसाधारण मारिएका अब्जरभेटरी जनाएको छ । त्यसैगरी सोमबार पनि गुटामा भएको हवाई कारबाहीमा परी १२७ भन्दा बढी व्यक्ति मारिएका थिए ।
सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गर्नु भएको थियो । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उहाँले दिनु भएको थियो ।
गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग छ ।
सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुंदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी