
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसंग प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गर्नुभयो । उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वल्ड कप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गर्नुभयो ।
नेपाली क्रिकेट टोलीको घोषणा
जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।
घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।
यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङकङसँग खेल्ने छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता