
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बनेर फर्केका नेपाली क्रिकेट टोली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सामूहिक तस्वीर खिचाउँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ ।
नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए ।
विमानस्थलमा संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए ।
आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ ।
आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने