संयुक्त राष्ट्रसंघ, २ फागुन – फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ ।
सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उहाँको यो प्रतिक्रिया आएको हो ।
उहाँले भन्नुभएको छ – ‘यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेला परयो भने हामी बाँकी राख्दैनौँ, यस्तो खालको आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौँ ।’
प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएको भन्ने समाचारको पुष्ट्याईँका लागि फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताइएको थियो । तर सो अनुसन्धानको परिणाम भने आइसकेको छैन ।
सिरियाली सेनाले गएको जनवरी महिनायता आएर मानव स्वास्थ्यका लागि घातक मानिने क्लोरिन ग्यासयुक्त आक्रमण गर्ने गरेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा फ्रान्सेली राष्ट्रपतिको यो टिप्पणी सार्वजनिक भएको हो ।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको हामा प्रान्तको एक सहरमा यसै महिनाको सुरूमा रसायन भएको एउटा बम खसालिएको थियो । सोही बमका कारण यहाँका नागरिकमा श्वासप्रश्वासमा समस्या देखिएको समाचार पनि यसअघि नै आएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]