
वासिङ्टन, अमेरिका, १ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मस्कोबाट रसियाकै उत्तरपश्चिमी क्षेत्रका लागि उडेको साराटोभ विमान कम्पनीको ७०३ नम्बरको उडान मस्कोबाट उडेको केही समयमा दुर्घटना भएकोप्रति दुख व्यक्त गर्नुभएको छ ।
विमान दुर्घटनामा विमानमा रहेका सम्पूर्ण (छ चालकदलका सदस्य र ६५ जना) यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ । अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनाका बिषयमा अनुसन्धानका लागि आवश्यक परे रसियाली अधिकारीलाई सघाउन अमेरिका तयार रहेको बताउनुभएको बुझिएको छ ।
यसैबीच, रसियाली राष्ट्रपति पुटिनले प्यालेष्टाइन तथा इजरायलबीच शान्ति प्रक्रियाका सम्बन्धमा सोमबार नै प्यालेष्टिनी उच्च अधिकारी तथा राष्ट्रपति मोहम्मद अब्बासलाई भेट्न लागेको बताउनुभएको थियो । प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिवार्ताका लागि खट्नुपर्ने समय आएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।
गत डिसेम्बरमा अमेरिकी ट्रम्प प्रशासनले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेको थियो । यसै अनुरुप इजरायलको तेल अभिभमा रहँदै आएको अमेरिकी दूतावासलाई जेरुसेलममा सार्ने घोषणा गरेको थियो । यसै बिषयलाई कार्यान्वयनमा लैजान अमेरिकी विदेशमन्त्री टिलरसन अहिले मध्यपूर्वको भ्रमणमा हुनुहुन्छ ।
प्यालेस्टिनीहरूले पनि जेरुसेलमलाई आफ्नो राजधानीका रूपमा दावी गर्दै आएका छन् । जेरुसेलमबारे अमेरिकी घोषणाको विश्वभरबाट आलोचना भएको छ । प्रतिक्रियामा वासिङ्टनले आफ्नो तर्फबाट प्यालेष्टिनी शरणार्थीलाई दिँदै आएको आर्थिक सहयोगलाई रोक्का गरेको छ । अमेरिकाले प्यालेस्टिनीले प्रस्ताव गरेको शान्ति योजना मान्न दवाव दिन सहयोग रोक्का गरेको हो । तर, प्यालेस्टाइनले अमेरिकी प्रस्तावलाई अस्वीकार गरिरहेको छ ।
सोमबार भएको फोनवार्तामा ट्रम्प र पुटिनबीच कोरियाली प्रायद्वीपलाई आणविकविहीन वनाउने लगायतका आपसी चासोका अन्य बिषयमा पनि कुराकानी भएको वासिङ्टनले जनाएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’