वासिङटन, संयुक्त राज्य अमेरिका, २९ माघ – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताउनु भएको छ ।
वाशिङटन पोस्टको सोमबारको समाचारमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै लेखिएको छ, “यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ ।” तर, प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरू कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सको भनाइ छ ।
दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्स उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो । उहाँ दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मून जाइ–इनसँग भेटवार्ता भएको थियो ।
यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ–अन निश्शस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले पोष्टसँगको कुराकानीमा बताउनुभएको जनाइएको छ ।
यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको उल्लेख गर्नुभएको थियो ।
उक्त अवसरमा अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गर्ने बिषयमा कुनै प्रकारको मतभेद नभएको जनाउनुभएको थियो ।
शनिवार उत्तर कोरियाली नेता किम जङ्–अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिनुभएको थियो ।
दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शितकालीन ओलम्पिकले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो । उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा जानुभएमा यसले दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरले निश्चित शर्तहरू पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार सोलमा भएको एक कार्यक्रममा बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने