काठमाडौँ, २७ माघ – स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ ।
आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा (एमाले) नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी हुनुभएको हो ।
प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा त्यागी र स्वच्छ छविका श्रेष्ठ निर्वाचित हुनुभएपछि प्रदेश सदस्यले बधाई दिनेक्रम चलिरहेको छ ।
एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताउनुभयो ।
श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित हुनुभएको हो । सो प्रदेश क्षेत्रमा काठमाडौँ महानगरपालिका– ९ र ३२ पर्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।
कूल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुनुहुन्छ । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन ।
विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिनुभएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्नुहुन्छ । उहाँले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।
विसं २०३४ मा भूमिगत नेकपा (माले) बाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो । उहाँ निरन्तर सोही आन्दोलनमा हुनुहुन्छ । विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक–पटक जेलनेल भोग्नुभएका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुशमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना खानुभएको थियो ।
काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिस्पर्धी हुनुभयो । त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण प्रचण्डको विपक्षमा प्रचारमा नगई पराजय स्वीकार्नुभयो ।
आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाउनुभएको थियो । यस्तै वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पुनः उठाउनुभएको थियो । अब ती काम सभामुखका रुपमा पूरा गर्न पहल गर्ने उहाँले प्रण गर्नुभएको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी