ढाका, २५ माघ – बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले जियालाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो ।
कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ ।
बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँग भन्नुभयो, ‘उहाँ (खालिदा जिया) लाई बिहीबार नै जेलमा लगिनेछ ।’
जियाले अहिलेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताउनुभयो ।
खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन् ।
जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफू र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाएकी छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार