प्योङयाङ, २५ माघ – ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ ।
यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूद उद्घाटन हुदैछ । त्यस क्रममा उत्तर कोरियाका उच्च सरकारी अधिकारी पनि त्यहाँ गएका छन् ।
दक्षिण कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया जाने भएको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च राजनीतिज्ञ हुनुहुन्छ ।
उहाँको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको थियो ।
उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रबारदेखि शुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् ।
उक्त खेलकूदमा उत्तर कोरियाले पनि सहभागिता जनाएका कारण दुई देशको सम्बन्धमा सुधार हुने भएको देखिएको छ । त्यसैकारण पनि यस खेलकूदलाई सम्बन्ध सुधारका रुपमा हेरिएको छ ।
त्यसैले यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना देखिएको थियो । तर, सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– ‘उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।’
त्यस्तै उत्तर कोरियाले दक्षिण कोरियाली राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने नगर्ने विषयमा पनि केही बताइएको छैन । यसअघि उत्तर कोरियाले राजनीतिक रुपमा उच्च नेतृत्व पठाएकोले वार्ता हुन पनि सक्ने समाचार आएको थियो ।
यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।
उक्त कटुतापूर्ण सम्बन्ध सुधारका रुपमा विकास गर्ने सुविधा पनि दक्षिण र उत्तर कोरियासामु रहेकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा विश्व समुदायले गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार