दमास्कस, २१ माघ – सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ ।
उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो ।
सशस्त्र समूहका सदस्यहरुमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए ।
तर झडपकै क्रममा उनको ज्यान गएको थियो । उनीहरुले झडप गरेको र पछि चालक मारिएको तस्विर पनि सामाजिक सञ्जालमा राखिएको थियो ।
ब्रिटिश स्काई टिभीले भनेको छ– ‘उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो । सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाए ।’
इडलिबमा विगत केही महिनादेखि नै रुसी विमानले आक्रमण गर्ने गरेको छ । उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थियो ।
सो क्षेत्रमा दुई वर्षमात्र अघि पनि विद्रोहीहरुले टर्कीको एक युद्धक विमानमाथि हमला गरेर खसालिदिएका थिए ।
विमान सिरियाली सरकारी सेनाले नै खसालेको भनी टर्कीले दाबी गरेपछि सिरिया र टर्कीबीच सम्बन्ध विग्रिएको थियो ।
रुसी रक्षा मन्त्रालयले शनिबार भएको रुसी विमानमाथिको हमलाको पुष्टी गरेको छ । उसले सिरियाली विद्रोहीले हमला गरी रुसी विमान खसालेको र त्यसमा रहेका विमान चालकको पनि निधन भएको बताएको छ ।
घातक रासायनिक हतियार प्रयोग गरिएको छैन–सिरिया
यसैबीच सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ ।
अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।
सिरियाली विदेश मन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको भनी स्पष्ट गरेको छ ।
सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान