
पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबको टोली गोल्डकप मेडल सहित नगद पुरस्कार प्राप्त गरेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्वीर – हरि वास्तोला, पोखरा, रासस
पोखरा, २० माघ – पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो ।
सो प्रतियोगिताको निर्धारित समयमा दुबैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कुल २० मिनेटको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा नेपाल पुलिस क्लवका नीरकुमार राईले दिएको पासलाई सदुपयोग गर्दै राम वाजीले गोलमा परिणत गरेका थिए ।
प्रतियोगिताको विजयी टीम नेपाल पुलिस क्लबले रु सात लाख एक हजारसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान घोषित भई एक थान स्कूटर प्राप्त गरे भने खेल अवधिमा सर्वाधिक गोलकर्तामा पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठले तीन तीन गोल गरेर जनही रु १२ हजार ५०० पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अवधिभर दर्शकले काटेका टिकटबाट गोला प्रथाबाट घाचोकका उज्वल पोख्रेललाई स्कुटर तथा पोखरा लेखनाथ महानगरपालिका–१० का उत्तमबहादुर कार्कीलाई रु २५ हजार मूल्य बराबरको एलजी टिभी उपहार प्राप्त गरेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले पोखराको पहिचान प्राकृतिक सुन्दरता मात्र नभई खेलकुद पनि भएको बताउनुभयो ।
पोखरामा खेलकुदको विकास हुँदै गएको बताउँदै उहाँले २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रङ्शाला निर्माणको क्रममा रहेको जानकारी दिनुभयो ।
सहारा क्लबका महासचिव केशब बरालले १६ औँ संस्करणको प्रतियोगिता सञ्चालनबाट भएको आम्दानीले पोखरा–१७, दोभिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको र उक्त एकेडेमीमा १६ जिल्लाका २८ जना असहाय बालक आवासीय रुपमा अध्ययनरत रहँदै आएका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण