हवाना, १९ माघ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ ।
केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।
क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गर्नुभएका उहाँले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेवसाइटमा राखिएको छ ।
उक्त वेवसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गर्नुभएका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गर्नुभएको समाचार राखिएको छ ।
उक्त वेवसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लाग्नुभएको बताइएको छ ।
पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो । उहाँ क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’