सोल, १८ माघ – निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो ।
सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझै पनि प्राविधिकरुपमा युद्धमै छन् ।
तर, यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझदारी बढिरहेको पाइएको छ ।
आगामी सोमबारबाट औपचारिकरुपमा शीतकालीन ओलम्पिक खेल सुरु हुंदैछ । त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ ।
सोमबारबाट औपचारिकरुपमा खेलमा सहभागीको स्वागतको कार्यक्रमका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने भएको बताइएको छ ।
बिहीबार उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]