लन्डन । युरोपियन युनियन (इयू) बाट जस्तोसुकै सम्झौता गरेर बहिर्गमन भएपनि ब्रेक्जिटका कारण आउंदो १५ वर्षसम्म बेलायती अर्थतन्त्रको वृद्धि ८ प्रतिशतसम्मले कम हुने प्रक्षेपण भएको छ । बेलायती मिडियामा चुहिएको सरकारको एक प्रतिवेदनले त्यस्तो आंकलन गरेको हो । उक्त प्रतिवेदनमा बेलायतलाई कुन रुपमा इयूबाट निस्कंदा कसरी असर पार्छ भन्ने जस्ता विभिन्न कोणबाट विश्लेषण गरिएको थियो ।
दोश्रो चरणको ब्रेक्जिट वार्ता केहि सातामा शुरु हुने तयारी भइरहंदा सार्वजनिक भएको यो आंकलनसंगै बेलायती राजनीति अहिले थप तातेको छ । अबको वार्तामा मुख्यतः ब्यापार सम्झौता एवं बेलायत इयू भविष्यको सम्बन्ध मुख्य एजेन्डामा छ । इयू विरोधीहरुले प्रतिवेदन लिक भएसंगै बेलायती प्रधानमन्त्री टेरेजा मे नेतृत्वको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री मेको आफ्नै पार्टीका केही सांसदले नामको मात्र ब्रेक्जिट गर्न लागेको र बेलायतको स्पष्ट ब्रेक्जिट धारणा राख्न नसकेको आरोप मेमाथि लगाएका छन् ।
इयूको कमन मार्केट, भन्सार संघ र न्यायालयबाट पुरा बहिर्गमन हुने भन्ने प्रधानमन्त्री मेको नीतिलाई इयू समर्थक एवं वहुमत ब्यवसायीहरुले आलोचना गर्दै आएका छन् । बेलायती संसदमा इयू समर्थकहरुको नै वहुमत भएकाले ब्रेक्जिट वार्ताका लागि आफ्नो नीति लागू गर्न प्रधानमन्त्रीलाई थप चुनौति भएको छ ।
बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरले आफ्नो ब्रेक्जिट नीति स्पष्ट नपारे पनि इयूको कमन मार्केट तथा भन्सार संघमा रहनको लागि लचिलो देखिएको छ ।
बेलायतले इयू फ्री मार्केट सम्झौता गरे ५ प्रतिशतसम्म वृद्धि कम हुने र इयूको कमन मार्केटमा रहेपनि २ प्रतिशत कम हुने जनाएको लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् । बेलायतको करिब १७ प्रतिशत ब्यापार अमेरिकासंग भइरहेको उल्लेख गर्दै आचार्यले अमेरिकासंग बेलायतले चाहेको जस्तो ब्यापारिक सम्झौता भएपनि ब्रेक्जिटले बेलायती अर्थतन्त्रमा भने प्रतिकुल प्रभाव पार्ने बताए ।
सन् २०१९ को मार्च महिनामा आधिकारिक तवरले बेलायत इयू छोड्ने तालिका छ । यस पछि २१ महिना संक्रमणकालीन व्यवस्था अनुरुप इयू बेलायत सम्बन्ध यथावत रहने जनाइएको छ । इयूका मुख्य ब्रेक्जिट वार्ताकार मिसेल बार्नियरले बेलायत सरकारको अनुरोध बमोजिम संक्रमणकालीन व्यवस्था इयूले स्वीकार गरेको सोमबार ब्रसेल्समा बताएका छन् । यस अवधिमा बेलायतले इयूको सबै नियम अवलम्बन गर्नुपर्ने, इयू बजेटमा यथावत योगदान, अन्यत्र व्यापार सम्झौता गर्न नमिल्ने तर इयूको नीति नियम बनाउने काममा बेलायतको भूमिका नहुने वार्ताकार मिसेल बार्नियरले बताएका छन् । उनको यस भनाइलाई इयू विरोधीहरुले भने बेलायतमा चर्को आलोचना गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती टेलिभिजन अन्तर्वार्तामा बेलायत ब्रेक्जिट वार्तामा थप आक्रामक हुनुपर्ने धारणा राखेका छन् । शुरु देखि नै ब्रेक्जिटका समर्थक ट्रम्पले इयूसंग व्यापारिक सम्झौता गर्न आफू भएको पनि निकै कडा रुपमा प्रस्तुत हुने धारणा उक्त अन्तर्वार्तामा राखेका थिए ।
बेलायत कुन शर्तमा इयूबाट बहिर्गमन हुनुपर्छ भनि जनमत संग्रह गर्नेको आवाजपनि बढेको एक मत सर्वेक्षणले देखाएको छ । बेलायतले इयू छोड्दा कस्तो प्रभाव पार्छ भन्ने कुराको वहस र एकिन नभइकन गरिएको जनमत संग्रहले अहिलेको परिस्थिति उब्जिएको बताउनेको संख्या बेलायतमा उल्लेख्य छ ।
मुख्यतः इयूको आप्रवासीको बढ्दो बेलायत आगमनले इयू विरोधी जनमत ल्याउन सफल भएका थिए । तर, प्राविधिक रुपमा भने बेलायत इयू बहिर्गमन जटिल हुंदै गएको छ । इकान्तिपुर
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा