वासिङ्टन, १६ माघ – अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ ।
अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्नेछ ।
त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन । तर, ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम रहेको अधिकारीहरूको भनाई छ ।
प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, इराक, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सुडान, सिरिया र यमन छन् ।
शरणार्थीसम्बन्धी समूहहरूका अनुसार बिगतदेखि प्रतिबन्ध झेल्दै आएका यी देशमाथि अबदेखि अमेरिका प्रवेशमा रोक लगाइने छैन ।
अमेरिकी अधिकारीहरुका अनुसार तीन वर्षयता अमेरिका प्रवेश गर्नेमध्ये ४० प्रतिशतभन्दा बढी शरणार्थी यीनै ११ देशबाट आएको बताइएको छ ।
अमेरिकाको आन्तरिक सुरक्षा मामिलासम्बन्धी निकायले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती देशले अब अघिजस्तो प्रतिबन्धको सामना गर्नु नपर्ने तर पनि अमेरिका प्रवेशका क्रममा कडा सुरक्षाको सामना गर्नुपर्ने बताएको छ ।
यी देशका शरणार्थीलाई अमेरिका प्रवेशका लागि के कसरी व्यवस्था गर्ने भन्ने बारेमा गएको करिब तीन महिनादेखि आन्तरिक रुपमा मूल्याङ्कन सुरु भएको थियो ।
शरणार्थीसम्बन्धी ह्वाइट हाउसको एक समितिले गरेको तीन महिना लामो मूल्याङ्कनपछि सोमबार यो निर्णयमा पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले पनि ती देशका नगरिकलाई शरणार्थीको मान्यता दिनुअघि आवश्यक मात्रामा सुरक्षा जोखिमको जाँच गरिने जानकारी दिनुभयो ।
अमेरिकी प्रशासनले सन् २०१७ को अक्टोबरमा विभिन्न दश वटा मुस्लिम बाहुल्यता रहेका देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो ।
वासिङ्टनमा एक कार्यक्रममा सोमबार मन्त्री निल्सनले भन्नुभयो– ‘आफ्नो देशमा को प्रवेश गर्दैछ भन्ने बारेमा अमेरिकाले थाहा पाउन पाउनुपर्ने हाम्रो आफ्नो अधिकारको कुरा हो र त्यसै कारणले पनि हामीले यो सुरक्षामा कडाई गरेका हौँ ।’
ती अतिरिक्त सुरक्षा व्यवस्थाहरुले खराब तत्वलाई अमेरिकाको शरणार्थी कार्यक्रमको दुरूपयोग गर्न गाह्रो हुने मूल्याङ्कन अमेरिकी प्रशासनको रहेको बताइएको छ ।
यसरी शरणार्थीहरुको प्रवेश अगावै गरिने जाँचका साथै जोखिमका आधारमा अमेरिकाले अवलम्बन गर्ने नीतिले देशको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने धारणा मन्त्री क्रिश्चिनले राख्नुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]