लन्डन । मगर संघ युएचएसबी शाखाले धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने भएको छ ।
फार्नब्रोस्थित मगर भवनमा सम्पन्न बैठकले शाखाको माघे संक्रान्ति तथा पितृपूजामा दक्षिणाबाट संकलित रकम ५० हजार ५ सय ५५ रूपियाँ नेपालमा विपन्न दलित तथा जनजाति समुदायलाई बसोबासका लागि घर बनाउँदै गरेका हांस्यकलाकारहरु धुर्मुस र सुन्तलीलाई दिने निर्णय गरेको हो ।
बैठकमा सल्लाहकार तथा पूजा संयोजक ओम थापा काउचाले यस वर्षको दक्षिणा धुर्मुस सुन्तली फाउण्डेसनलाई दिन राखेको प्रस्ताव सर्वसम्मतिबाट निर्णय गरिएको थियो । सोही अनुरूप रकम पठाइएको थापा काउचाले जानकारी दिए ।
यसअघि शाखाले मगर पीएचडी तथा मास्टर्स छात्रवृत्ति कोषलाई १ लाख रुपैयां र लुम्बिनी बुद्ध बिहार स्थापनाका लागि २५० पाउण्ड सहयोग गरेको थियो ।
शाखाका अध्यक्ष लेख रानाको अध्यक्षतामा भएको बैठक सचिव बीर बलालले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष श्रीमती हेमा रानाले गरेकी थिइन् ।
कार्यसमितिका सल्लाहकार र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त बैठकमा कोषाध्यक्ष हीरा पुनले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
बैठकले नेपाली र मगर भाषा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सो कक्षाका लागि संयोजक मगर संघ यूकेकी संस्थापक महिला संयोजक हाल ट्रस्टी श्रीमती गोमा राना, श्रीमती सीता थापा र अध्यक्ष लेख रानाले स्वयंसेवी रुपमा हरेक हप्ता एक दिन गर्ने निर्णय बमोजिम सोही दिन कक्षा सञ्चालन समेत गरिएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित