लन्डन । मगर संघ युएचएसबी शाखाले धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने भएको छ ।
फार्नब्रोस्थित मगर भवनमा सम्पन्न बैठकले शाखाको माघे संक्रान्ति तथा पितृपूजामा दक्षिणाबाट संकलित रकम ५० हजार ५ सय ५५ रूपियाँ नेपालमा विपन्न दलित तथा जनजाति समुदायलाई बसोबासका लागि घर बनाउँदै गरेका हांस्यकलाकारहरु धुर्मुस र सुन्तलीलाई दिने निर्णय गरेको हो ।
बैठकमा सल्लाहकार तथा पूजा संयोजक ओम थापा काउचाले यस वर्षको दक्षिणा धुर्मुस सुन्तली फाउण्डेसनलाई दिन राखेको प्रस्ताव सर्वसम्मतिबाट निर्णय गरिएको थियो । सोही अनुरूप रकम पठाइएको थापा काउचाले जानकारी दिए ।
यसअघि शाखाले मगर पीएचडी तथा मास्टर्स छात्रवृत्ति कोषलाई १ लाख रुपैयां र लुम्बिनी बुद्ध बिहार स्थापनाका लागि २५० पाउण्ड सहयोग गरेको थियो ।
शाखाका अध्यक्ष लेख रानाको अध्यक्षतामा भएको बैठक सचिव बीर बलालले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष श्रीमती हेमा रानाले गरेकी थिइन् ।
कार्यसमितिका सल्लाहकार र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त बैठकमा कोषाध्यक्ष हीरा पुनले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
बैठकले नेपाली र मगर भाषा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सो कक्षाका लागि संयोजक मगर संघ यूकेकी संस्थापक महिला संयोजक हाल ट्रस्टी श्रीमती गोमा राना, श्रीमती सीता थापा र अध्यक्ष लेख रानाले स्वयंसेवी रुपमा हरेक हप्ता एक दिन गर्ने निर्णय बमोजिम सोही दिन कक्षा सञ्चालन समेत गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा