वासिङ्टन, १३ माघ – अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको छ ।
उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ ।
काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी अधिकारीलाई उद्धृतगर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ ।
राष्ट्रति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन् गरिरहेको बताइएको छ । सो प्रस्ताव बमोजिम नै बजेट निर्माण हुने वा बजेट काँग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ ।
सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अश्त्रगृह निर्माणका लागि आवश्यक रहेको उहाँले प्रस्ताव गर्नुभएको छ ।
अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गर्नुभएको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ ।
उहाँले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताउनुभएको थियो ।
सोही बमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने