काठमाडौँ, ११ माघ – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले बधाई सन्देशमा आफ्ना समकक्षीको सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँहरुले नेपाल र भारतबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा