काठमाडौँ, ११ माघ – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले बधाई सन्देशमा आफ्ना समकक्षीको सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँहरुले नेपाल र भारतबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?