पोर्तुगल । पोर्तुगलमा बिहीबार बिहान भएको दुर्घटनामा परी एक नेपाली युवतीको मृत्यु भएको छ । अन्य ७ घाइते भएका छन् । दुर्घटनामा परी चितवन निवासी अन्दाजी २४-२५ वर्षकी चेतमाया खुलालको घटनास्थलमै मृत्यु भएको बराइरो हस्पिटल मोन्तेजुले जनाएको छ । पोर्तुगलको फाइसबाट फिदिरियस जांदै गरेको गाडी सडकमा चिप्लिएर सेतुबल मोन्तेजुमा दुर्घटना भएको थियो ।
पाकिस्तानी ड्राइभरसंगै अन्य छ घाइते नेपाली महिलाको स्थानीय सेतुबल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए । घाइते हुनेमा आरती श्रेष्ठ राई, उषा बर्तौला, अनिसा बिक, अल्का भेटवाल, ड्राइभर तुफेल मोहम्मद लगायत छन् ।
घट्नाबारे लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदूत र हाल लिस्बोनमा रहेकी पोर्तुगल हेर्ने फ्रान्सस्थित आवासीय नेपाली राजदूत श्रीमती अम्बिकादेवी लुईंटेललाई समेत अवगत गराइएको बताइएको छ ।
गणेश ज्ञवालीद्वारा सञ्चालित ‘क्यापासिटी फर वर्क’ नामक कम्पनीले आफ्ना कामदारलाई काममा लिएर जाने क्रममा बिहान करिव ८ बजे तिर सो दुःखद घट्ना भएको हो । गाडी चिप्लिएर दुर्घटना भएको जनाइएको छ । उनीहरु फुलमा काम गर्ने बुझिएको छ ।
मृतक खुलाल केही महिनाअघि मात्र पोर्तुगल आएकी थिइन् । उक्त कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिला काम गर्छन् ।
‘घट्नाले प्रवासी नेपाली मञ्च पोर्तुगल मर्माहत’
उक्त घट्नाप्रति प्रवासी नेपाली मञ्च पोर्तुगलले दुःख व्यक्त गरेको छ । मञ्चले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
मञ्चका महासचिव राजकुमार थापाले एक विज्ञप्ति प्रकाशित गर्दै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
परदेशी भूमिमा भएको यस्तो दुःखद र असामयिक घट्नामा पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धैर्य रहन आग्रह गर्दै मञ्चले पीडित परिवारजन र व्यक्तिहरुलाई सबै खाले सहयोग र सहानुभूति जनाउन आव्हान समेत गरेको छ ।
घट्नापछि एनआरएनए पोर्तुगलले तत्काल लिएको पहलकदमी र तदारुकताका लागि मञ्चले सरहाना व्यक्त गर्दै पीडित परिवारजन र व्यक्तिहरुलाई आवश्यक पर्ने सबै खालको सहायता ब्यवस्था मिलाउन लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदूतको कार्यालय र फ्रान्सस्थित नेपाली दूतावास तथा अहिले पोर्तुगलमै रहेकी राजदूतको समेत ध्यानाकर्षण गराएको छ ।
मञ्चले यस दुःखद घडीमा आवश्यक सबैखाले सहयोगकालागि आफू तत्पर रहेको समेत जनाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]