काठमाडौँ-अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
बिहीबार घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।
गत महिना सम्पन्न इपिएल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी चयन गरेको हो ।
प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । नेपाली टोली नामिविया जानुअघि यही माघ १३ गते युएई भ्रमणमा जानेछ । त्यहाँ रहँदा नेपालले तीनवटा अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताए । नेपाली टोली माघ २१ गते नामिविया जानेछ ।
डिभिजन दुई माघ २५ गतेदेखि नामिवियामा सुरु हुनेछ । आइसिसी वल्ड क्रिकेट लिगको शीर्ष चारमा पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन दुईमा घटुवा भएको हो । अब डिभिजन दुईमा छ टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्वावेमा हुने ‘वान डे क्वालिफायर’ खेल्न पाउनेछन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा