लिस्बोन । एनआरएनए पोर्तुगलको जनवरी २३ मा बसेको सचिवालयको आकस्मिक बैठकले प्रवक्ता र मिडिया कोअर्डिनेटरको टुंगो लगाएको छ । बैठकले संघको प्रवक्तामा प्रभात पौडेल र मिडिया कोअर्डिनेटरमा पत्रकारितामा समेत आवद्ध शम्भु सिलवाललाई नियुक्त गरेको जनाइएको छ ।
त्यस्तै बैठकले संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको प्रमुख संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ, जसमा भिम केसी ‘कमल’, गोविन्द पौडेल, नारायण सुवेदी, धनराज शेर्पा, गणेश याख्या, गौरव न्यौपाने, कुमार श्रेष्ठ, सुरेन्द्र अमगाई, प्रेमलाल नेपाली, डा. ज्योती तुलाधर, गोमनाथ सुबेदी, कुमार योञ्जन, कमल बिष्ट, बिनोद घिमिरे, सुनिल श्रेष्ठ, शम्भु गौतम, सुर्जे भट्टचन र श्याम ढकाल छन् ।
‘एनआरएनए पोर्तुगल सबैको साझा मञ्च हो, हामी मैत्रीभावकासाथ सबै मिडियाकर्मीहरुसंग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौं’, अध्यक्ष कुबेर कार्कीले भने, ‘यसका लागि निकट भविष्यमा नै एनआरएनए पोर्तुगलले यहाँस्थित नेपाली मिडिया र मिडियाकर्मीहरुसंग एक विशेष अन्तरक्रिया कार्यक्रम गरेर सहकार्यकासाथ अगाडि जान्छौं ।’
आफूलाई विगतदेखि नै मिडिया साथीहरुको सहयोग रहेको बताउंदै कार्कीले पोर्तुगलका नेपाली पत्रकारहरुलाई ‘प्रोमोट’ गर्न चाहेको बताए । ‘म मेरो कार्यकालभरि खुला हृदयले समाजका सबै तप्कासंग संगै जान चाहन्छु’, अध्यक्ष कार्कीको प्रतिवद्धता छ ।
‘हामीसंग वहुत ठूला मुद्दा छन्, पोर्तुगलमा नेपाली राजदूतावास स्थापना गर्नुछ, साथीभाइका विभिन्न खाले समस्या समाधान गर्नुछ, एनआरएनए पोर्तुगललाई म युरोपको उत्कृष्ट एनआरएनए बनाउन चाहन्छु, यसमा मिडियाकर्मी साथीहरूलाई साथ दिन र सशक्त ढंगले कलम चलाउन आव्हान गर्दछु’, कार्कीले आग्रह गरे ।
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै