लिस्बोन । एनआरएनए पोर्तुगलको जनवरी २३ मा बसेको सचिवालयको आकस्मिक बैठकले प्रवक्ता र मिडिया कोअर्डिनेटरको टुंगो लगाएको छ । बैठकले संघको प्रवक्तामा प्रभात पौडेल र मिडिया कोअर्डिनेटरमा पत्रकारितामा समेत आवद्ध शम्भु सिलवाललाई नियुक्त गरेको जनाइएको छ ।
त्यस्तै बैठकले संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको प्रमुख संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ, जसमा भिम केसी ‘कमल’, गोविन्द पौडेल, नारायण सुवेदी, धनराज शेर्पा, गणेश याख्या, गौरव न्यौपाने, कुमार श्रेष्ठ, सुरेन्द्र अमगाई, प्रेमलाल नेपाली, डा. ज्योती तुलाधर, गोमनाथ सुबेदी, कुमार योञ्जन, कमल बिष्ट, बिनोद घिमिरे, सुनिल श्रेष्ठ, शम्भु गौतम, सुर्जे भट्टचन र श्याम ढकाल छन् ।
‘एनआरएनए पोर्तुगल सबैको साझा मञ्च हो, हामी मैत्रीभावकासाथ सबै मिडियाकर्मीहरुसंग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौं’, अध्यक्ष कुबेर कार्कीले भने, ‘यसका लागि निकट भविष्यमा नै एनआरएनए पोर्तुगलले यहाँस्थित नेपाली मिडिया र मिडियाकर्मीहरुसंग एक विशेष अन्तरक्रिया कार्यक्रम गरेर सहकार्यकासाथ अगाडि जान्छौं ।’
आफूलाई विगतदेखि नै मिडिया साथीहरुको सहयोग रहेको बताउंदै कार्कीले पोर्तुगलका नेपाली पत्रकारहरुलाई ‘प्रोमोट’ गर्न चाहेको बताए । ‘म मेरो कार्यकालभरि खुला हृदयले समाजका सबै तप्कासंग संगै जान चाहन्छु’, अध्यक्ष कार्कीको प्रतिवद्धता छ ।
‘हामीसंग वहुत ठूला मुद्दा छन्, पोर्तुगलमा नेपाली राजदूतावास स्थापना गर्नुछ, साथीभाइका विभिन्न खाले समस्या समाधान गर्नुछ, एनआरएनए पोर्तुगललाई म युरोपको उत्कृष्ट एनआरएनए बनाउन चाहन्छु, यसमा मिडियाकर्मी साथीहरूलाई साथ दिन र सशक्त ढंगले कलम चलाउन आव्हान गर्दछु’, कार्कीले आग्रह गरे ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?