काबुल, अफगानिस्तान, ७ माघ – अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ ।
होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।
‘आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए’- गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताउनुभयो ।
आतङ्कवादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेको प्रवेशमा रोकी कारबाही थालिएको थियो ।
घटनास्थलमा उद्धारका लागि पुगेका एम्बुलेन्सलाई समेत होटल नजिकै लाइनमा राखेर होटललाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।
होटल आक्रमणमा संलग्न सवै हमलाकारी मारिएका छन् ।
आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर सरकारी सुरक्षाफौजले घटनामा तालिवानी समूहको संलग्नता रहेको आशङ्कामा छानविन शुरु गरेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]