प्योङयाङ, उत्तर कोरिया, ४ माघ – संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यास स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ ।
उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले केही दिन पहिले प्रकाशित एक लेखमा संयुक्त राज्य अमेरिकाले आफूले कोरियामा जारी राख्दै आएको ‘कि रिजल्भ’ तथा ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यासलाई यस बर्षदेखि केही समय रोक्ने योजना रहेको उल्लेख गरिएको थियो ।
अमेरिकाको यो भनाईप्रति प्रतिक्रिया जनाउदै प्योङयाङले भनेको छ, ‘यो केही होइन तर अमेरिकी– दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लम्ब्याउने सस्तो उपाय हो ।’
पत्रिकामा भनिएको छ, ‘अमेरिकाले उत्तर कोरियामा जानिबुझिकन समस्यालाई जेलेर राख्न अमेरिका चाहन्छ । तर कोरियाली प्रायदीपमा शान्तिका लागि संयुक्त सैन्य अभ्यास रोकिनुको विकल्प छैन ।’
उत्तर कोरियाले कोरियाली प्रायदीपमा तनावको सिर्जना हुनुमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नै भएको दावी गर्दै आएको छ । वासिङ्टन र सोल हालै पेयोङच्याङ शीतकालिन ओलम्पिक खेल अवधिभर संयुक्त सैन्य अभ्यास नगर्न सहमत भएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]