वासिङ्टन, संयुक्त राज्य अमेरिका, २ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताउनुभएको छ ।
केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उहाँले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘उमेरका गैरकानूनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्राउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा म माथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ । मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभै बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्राउन फरक समाधान खोज्नुपर्छ भन्ने हो ।’
आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले ‘आपत्तिजनक र जातिवादी’ टिप्पणी गरेको भन्ने डेमोक्रयाटिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले जवाफ दिने क्रममा पछिल्लो भनाई आएको हो ।
मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो ।
वासिङ्टन पोस्ट पत्रिकामा ट्रम्पले गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्रयाटिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]