बैंकक, थाइल्याण्ड, माघ २ – लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिन्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बङ्गलादेशका अधिकारीले जनाएका छन् ।
मङ्गलबार बङ्गलादेशको विदेश मन्त्रालयले शरणार्थी फिर्ता गर्न गठन भएको दुई देशको संयुक्त कार्यदलले आफूलाई दिएको काम सोमबार सम्पन्न गरेको र आगामी दुई बर्षभित्र लाखौँको सङ्ख्यामा बङ्गलादेशका विभिन्न ठाउँमा रहेका रोहिन्ज्या शरणार्थीलाई फिर्ता गर्ने लक्ष्यका साथ सहमति गरिएको बताएको छ । शरणार्थी फिर्ता प्रक्रिया आगामी दुई बर्षमा सक्नेमा दुबै देशका प्रतिनिधि सहमत भएका छन् ।
म्यानमार र बङ्गलादेशले शरणार्थी फिर्ताका लागि गत नोभेम्बरमा शुरुवाती सहमति गरी कार्यदल बनाएर उक्त कार्यलाई व्यवस्थित गर्न जिम्मेवारी तोकिएको थियो ।
सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिन्ज्या शरणार्थीलाई फिर्ता लग्ने बङ्गलादेशले जनाएको छ ।
दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने दुवै देशले आशा व्यक्त गरेका छन् । बङ्गलादेशको सीमाक्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिन्ज्या शरणार्थी बस्दै आएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]