बैंकक, थाइल्याण्ड, माघ २ – लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिन्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बङ्गलादेशका अधिकारीले जनाएका छन् ।
मङ्गलबार बङ्गलादेशको विदेश मन्त्रालयले शरणार्थी फिर्ता गर्न गठन भएको दुई देशको संयुक्त कार्यदलले आफूलाई दिएको काम सोमबार सम्पन्न गरेको र आगामी दुई बर्षभित्र लाखौँको सङ्ख्यामा बङ्गलादेशका विभिन्न ठाउँमा रहेका रोहिन्ज्या शरणार्थीलाई फिर्ता गर्ने लक्ष्यका साथ सहमति गरिएको बताएको छ । शरणार्थी फिर्ता प्रक्रिया आगामी दुई बर्षमा सक्नेमा दुबै देशका प्रतिनिधि सहमत भएका छन् ।
म्यानमार र बङ्गलादेशले शरणार्थी फिर्ताका लागि गत नोभेम्बरमा शुरुवाती सहमति गरी कार्यदल बनाएर उक्त कार्यलाई व्यवस्थित गर्न जिम्मेवारी तोकिएको थियो ।
सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिन्ज्या शरणार्थीलाई फिर्ता लग्ने बङ्गलादेशले जनाएको छ ।
दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने दुवै देशले आशा व्यक्त गरेका छन् । बङ्गलादेशको सीमाक्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिन्ज्या शरणार्थी बस्दै आएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा