लन्डन । एफसी केन्ट गोरखा भेट्रान्सले बेलायतको फोक्सटनमा अन्तिम च्यारिटी नाइट गरेको छ । आउंदो फेब्रुअरी २० देखि ९ मार्च २०१८ भित्र काठमाडौं र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफेयर ट्रष्टसंग सहकार्य गरेर च्यारिटी फण्ड रेज गरिएको क्लवका प्रवन्धक बुद्धी सुनुवारले बताए । बेलायतको केन्ट एरियाका ३ ठाउं आसफोर्ड, मेडिस्टोन र फोक्सटनमा फण्ड रेज गर्ने योजना भए अनुसार गत १४ जनवरी २०१८ का दिन फोक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्ग र १ आरजीआरका गोरखा मेजर सुरेशकुमार थापाको आतिथ्यमा क्लबले अन्तिम च्यारिटी डिनर नाइट गरेको हो ।
नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन् २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्नुका साथै समाजमा घुलमिल गराउन क्लबको स्थापना सन् २०१४ मा भएको थियो ।
मन्तव्यका क्रममा अतिथि फोक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्गले बेलायतमा रहेपनि मन नेपालमै भएको जनाउंदै अरु माध्यमबाट नेपालमा सहयोगहरु भइरहे पनि यस पटक भेट्रान्सको फुटबल क्लबबाट सहयोग गर्नु एउटा ऐतिहासिक कार्य भएको बताए ।
बेलायतमा भएको डिनर नाइट र नेपालका २ ठाउंमा खेलिने खेलबाट उठेको रकम काठमाडौंमा गोर्खा वेलफेयर ट्रष्ट नेपालको मातहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई दिने र पोखरामा साहारा युथ क्लबलाई हस्तान्तरण गर्ने क्लबको योजना रहेको पनि प्रवन्धक सुनुवारले जानकारी दिए ।
यसका साथै यस क्लबले नेपालमा गएर खेल खेल्न बेलायतको विभिन्न ठाउंमा अभ्यास खेल पनि खेलिरहेको टिम कोच लोक चेम्जोङले जानकारी दिएका छन् ।
सांझ ५ बजे बाट सुरु भएर राती १० बजे सकिएको उक्त कार्यक्रम भास्कर राईको संयोजन र टिम कोच लोक चेम्जोङले सञ्चालन गरेका थिए ।
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न