लण्डन । २०१८ सालको पहिचान पुरस्कार ‘भुइया’ लाई दिइने भएको छ । पहिचान पुरस्कार कोषले पुरस्कार प्रदान गर्ने भएको हो ।
लेखक तथा अनुवादक यज्ञसलाई रु २,०२,००२ (अक्षरुपी दुई लाख दुई हजार दुई रुपैयाँ) ‘पहिचान पुरस्कार’ चैत्र पहिलो साता प्रदान गरिने नेपाल प्रतिनिधि कवि गणेश खालिङ्ले जानकारी गराए ।
यज्ञशको कृतिले पहिचान विहीन भुइ समुदाय र मान्छेहरुको कथालाई गहकिलो प्रस्तुत गरेको छ । पहिचान प्राप्तिको लागि संघर्ष गरिरहेका जाती, समुदायको कारुणिक कथालाई उनले भुइयामा समेटेका छन् । ‘मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका बलदेव रामको कथा सबै पहिचान विहीनहरुको कथा हो र सुलो सदा, सावित्री चौधरी, पार्वती डगौरा, सलमा बेहेन, दुर्गा, ऊमा, तारा बिक, गंगामाया बानिया, नेप्लु, पुतली तामाङको संघर्षले उर्जा मात्र दिंदैन्, सांच्चै सोचमग्न बनाउंछ’- उनी भन्छन् ।
देशको एकात्मक अनुहारलाई वहुल बनाउन गरिएको उनीहरुको संघर्ष नै पहिचानको आन्दोलन भएकोले भुइयालाई यस वर्षको पहिचान पुरस्कार दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जानकारी गराएको छ ।
लेखनको माध्यमबाट पहिचान मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।
नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धान हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै नयाँ वहुल समाज निर्माणको लागि पहिचान पुरस्कार स्थापना गरिएको संस्थापक नरेश काङमाङ राईले बताए ।
पाँच–पाँच बर्षमा पुरस्कार राशी बढाउँदै लगिने कोषले जानकरी गराएको छ । पुस्तक, कृतिलाई यो पुरस्कार दिईने भएपनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।
यसअघि सो पुरस्कार राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’ र स्व अर्जुन खालिङको कृति ‘गोयाङको सुगन्ध’ लाई प्रदान गरि सकिएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार