लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले विश्व उर्जा परिषदका महासचिव क्रिस्टोफ फ्राइ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
परिषदका स्थायी प्रतिनिधि राजदूत डा. सुवेदीले बुधबार १० जनवरीका दिन परिषदको लन्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत सुवेदीले महासचिव फ्राइलाई नेपालको संविधान बमोजिम भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भइ नयां सरकार निर्माण हुने प्रक्रियामा रहेको अवगत गराएका थिए ।
शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको परिप्रेक्ष्यमा अब नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने उल्लेख गर्दै राजदूत डा. सुवेदीले करिब ४३ हजार मेघावाट क्षमता रहेको नेपालको जलविद्युत क्षमतालाई मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
नेपालको उर्जा विकासमा लगानी र सहभागिता बढाउन र विश्व उर्जा समुदायमा नेपालको उपस्थिति जनाउन नेपाल सरकारकातर्फबाट आफूले सक्रिय सहभागिता जनाउने पनि राजदूतले बताए ।
महासचिव फ्राइले राजदूतको ओहोदा प्रमाणपत्र ग्रहण गर्दै परिषदका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भएकामा डा. सुवेदीलाई वधाइ दिएका थिए । फ्राइले विश्व उर्जा परिषदको पूर्ण सदस्य रहेको नेपालको यस संगठनमा सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध समेत गरे ।
उनले लोकतान्त्रिक संविधान जारी भइ यसको कार्यान्वयन स्वरुप सफलतापूर्वक निर्वाचन सम्पन्न भएको जान्न पाउंदा आफूलाई हर्ष लागेको र अब नेपालले आर्थिक विकासलाई तीव्रता दिन आवश्यक रहेको र सोका लागि उर्जाको विकास अपरिहार्य रहेको बताए ।
महासचिव फ्राइले भूकम्प र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुनर्निर्माणका साथ साथै उर्जाको दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्ने र त्यसका लागि आफ्नो र परिषदको आवश्यक सहयोग रहने विश्वास दिलाए ।
राजदूत डा. सुवेदीलाई नेपाल भ्रमणको निमन्त्रणाका लागि धन्यवाद व्यक्त गर्दै महासचिव फ्राइले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।
उक्त समारोहमा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरणको समेत उपस्थिति रहेको लन्डनस्थित नेपाली दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ